तुलसीपुर, मंसिर १० । दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका –७ राजापुरमा डेरा गरि बस्ने ३० बर्षीय कुमार नेपाली र २३ बर्षीय विजय अधिकारी पक्राउ परेका छन् ।
उनीहरुको साथबाट १ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
मंगलबार जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।
त्यस्तै घोराही घोराही उपमहानगरपालिका – १३ बाट ३४ बर्षीय कर्णबहादुर बिक ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
वनगाउँमा उनैले संचालन गर्दै आएको बंगुर फर्मबाट उनी पक्राउ परेका थिए । बंगुर फर्ममा बसेर ब्राउन सुगरको कारोबारो गर्दै आएको सूचनाको आधारमा पुगेको प्रहरीले बिकलाई पक्राउ गरेको थियो ।
बिकलाई पनि प्रहरीले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।
बिक रोल्पा जिल्लाको माडी गाउपालिका – २ का स्थायी बासिन्दा हुन ।
