२०८२ मङ्सिर २२ गते सोमवार

नेपाली कम्युनिष्ट पार्टी कुन्ठै कुन्ठाको भकारी मात्रै हो – प्रदीप ज्ञवाली


तुलसीपुर , कात्तिक २७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्यूनिष्ट पार्टीलाई कुन्ठै कुन्ठाको भकारीको संज्ञा दिएका छन् ।


प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने ‘ कुन्ठै कुन्ठाको भारी जति सुकै ठूलो बनाएपनि त्यस्ले क्यै पनि परिनाम ल्याउँदैन ।’

नेपाली कम्युष्टि पार्टीमा माधवकुमार नेपाल र भीम रावल लगाएतका नेताहरु समाहित भएको प्रशंग उल्लेख गर्दै एमाले उपमहासचिव ज्ञवालीले त्यो एकताको कार्यक्रममा समेत अर्कौ पार्टीका नेतालाई सत्तोसराप गरिएको भन्दै आलोचना गरे ।


‘ पार्टी एकताको कार्यक्रममा अर्कौ पार्टीका नेतालाई सत्तोसराप गरेर पन्चानब्बे प्रतिसत समय खर्च गरिन्छ भने त्यो कुनै केही बनाउनका लागि बनेको पार्टी हो भन्ने लाग्दैन मलाई,’ ज्ञवालीले भने ‘ त्यो कुन्ठा त्यो इश्या त्यो द्धयस भावले कँहीपनि पुग्नु हुन्न उहाँहरु ।’

एमाले उपमहासचिव ज्ञवालीले प्रचण्ड लगाएका नेताहरुलाई एकाकार बनाउन संकट ब्यबस्थापन गर्न गरेको प्रयास मात्रै रहेको बताए ।

‘प्रचण्ड कमरेडलाई भित्रैबाट पार्टी नेतृत्व परिवर्तन तथा हस्तान्तरण हुनुपर्छ भन्ने दबाब थियो,’ ज्ञवालीले भने ‘ माधव नेपाललाई अब ठूलो ठूलो हल्ला गरियो – एमालेलाई टर्च बालेर खोज्ने बनाउँछौं भित्तामा पुर्‍याउँछौं भन्ने कुराहरु थियो ।’ ति केही कुराहरु नभएपछि उनीहरुलाई एक खाले अस्तित्वको संकट आइ लागेको हुँदा अस्तित्व संकटमा परेका नेताहरुको संकट ब्यबस्थापन मात्रै नेपाली कम्यूनिष्ट पार्टी रहेको ज्ञवालीले दोषरोपन गरे ।


यतिखेर देश मुख्य संकटमा रहेको हुँदा आँफुहरु उनीहरुलाई आलोचना गर्ने तथा विश्लेशन गर्ने धेरै रुची नरहेको ज्ञवालीले बताए ।


‘ एक अर्काको संकट ब्यबस्थापनका निम्ति गरिएको जोडजाडहरुले केहीपनि गर्दैनन् । आँकाशमा जतिसुकै तारा भएपनि के फरक पर्छ र ?’ उनले प्रश्न गरे ‘ चन्द्रमा भएन भने सुर्य भएन भने उज्यालो हुँदैन । देख्नलाई मात्रै राम्रो देखिने हो ।’

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *