२०८२ मङ्सिर २३ गते मङ्गलवार

रुकुम पश्चिममा जिप दुर्घटनाका ७ मृतक मध्य ६ को पहिचान 

दाङ, कात्तिक ७ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृतक मध्य सात जना मध्य ६  जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा  आठबिसकोट नगरपालिका – २ स्यालाकी  ३० बर्षीया  कमला वली, आठबिसकोट – २ का  १६ बर्षीय टेकजंग बुढा, आठबिसकोट – १५की दिलमाया बुढा,  आठबिसकोटकी १७ की मनिका वली,  १८ बर्षीया सर्मिला विक, २२ बर्षीया गोपाल वली छन् । मृतक एक जना  महिलाको भने पहिचान खुल्न बाँकी छ । 

जिल्ला प्रहरी प्रबक्ता हरि पुनका अनुसार घाइते दश जनाको पनि परिचय खुली सकेको छैन । घाइते सबैलाई उद्धार गरि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरी निरीक्षक पुनले बताए । 

बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदी तर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबहाक जिप स्यालाखाँदी तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक पुनले बताए । 

बोलेरो जिप गाडी सडक बाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुली सकेको छैन । मृतक सबै तिहार मनाएर घर फर्किदै गरेकाहरु भएको अनुमान गरिएको छ । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *