काठमान्डौं,असार २८ । देशका विभिन्न भागमा तीन दिनदेखिको अविरल वर्षाका कारण ३० जनाको मृत्यु भएको छ । यो खवर तयार पार्दासम्म १८ जना अझैं बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । बाढी र पहिरोका कारण थप १२ जना घाइते छन्। बाढी र पहिरोमा फसेका एक सय ३३ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाढीपहिरोमा परेका मध्य काठमाडौं बाट १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १÷१ जना गरी कुल १ सय ३३ जनाको सकुशल उद्धार गरिएको छ।
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३÷३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २÷२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १÷१ जना गरी ३० जनाको मृत्यु भएको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।