दाङ, असोज २९ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै बुधबार केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन ।
विशेष महाधिवेशन माग ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति खड्कालाई बुझाएको थियो ।
कांग्रेस पार्टीको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
तर, कांग्रेसभित्र आगामी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि हुँदै आएको छ ।
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
