२०८३ साउन २ गते शनिवार

तुलसीपुरबाट भागेका चार कैदी बन्दी पक्राउ

तुलसीपुर, असोज ९ । तुलसीपुर कारागार बाट भागेका चार जना कैदी बन्दी पुनः पक्राउ पछि कारागार चलान गरिएका छन् ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ७ का कुन्जन थापा ( आगुऔषध मुद्दा), घोराही उपमहानगरपालिका – २ का मुकेश बिक ( करणी मुद्दा), लमही नगरपालिका – ८ का मोतिलाल चौधरी ( कर्तब्य ज्यान मुद्दा) र सोही ठाउँका ओमप्रकाश घर्ती (चोरी मुद्दाका) छन् ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले लमहीका दुई जनालाई मंगलबार र बाँकी दुई जनालाई बिहीबार पक्राउ पछि तुलसीपुर कारागारमा बुझाइएको बताए ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारको दुइवटा ब्लकका कुल दुई सय ५३ कैदी भागेका थिए । ती मध्य एक सय ४६ जना पुनः पक्राउ परेका छन् ।

अझैं एक सय सात जना कैदी फरार छन । ती मध्य आठ जना भारतिय नागरिक पनि रहेको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।


कुल १२ जना भारतिय नागरिकले सजाय भुक्तान गरि रहेको भएपनि चार जना भने उक्त दिन भागेका थिएनन् ।

यो बीचमा पुनः पक्राउ परेका मध्य १५ जना दाङ भन्दा बाहिर बिभिन्न जिल्लाहरुमा पक्राउ परेका हुँदा तत्कालका लागि सम्बन्धित जिल्ला कारागारहरुमै राखिएको जेलर सेजुवालले जानकारी दिए ।

तुलसीपुर कारागारमा कुल चार सय ७९ कैदी बन्दी थिए । दुई जना महिला बन्दी भने हालसालै सजाय भुक्तान गरि निस्किएका थिए ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *