२०८३ असोज २५ गते आइतवार

नेतृत्व पुस्तान्तरण र रुपान्तरणमा जोड

तुलसीपुर , असोज ४। नेपाली काँग्रेस तुलसीपुर उपमहानगर कार्यसमितिले शुक्रबार तुलसीपुर – ६ स्थित क्षेत्रिय पार्टी कार्यालयमा ११औं संविधान दिवस मनाएको छ । दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको हो ।


काँग्रेस तुलसीपुरका उपसभापति विनिल केसीको अध्यक्षता र पूर्व प्रदेशसभा सदस्य शंकर गिरीको प्रमुख आथित्यमा संविधान दिवसका अवशरमा दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको हो ।


दीप प्रज्वलन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले २००७ सालदेखिको संघर्ष र बलिदान बाट प्राप्त संविधानबाट मात्रै अहिलेको परिस्थितिले निकास पाउने बताए ।


उनले संविधान बाटै अहिलेको अवस्थाको निकास खोज्न जरुरी रहेको बताए ।
त्यस्तै अध्यक्षको आशन बाट सम्बोधन गर्दै काँग्रेस नगर उपसभापति विनिक केसीले अहिलेको बिषम परिस्थितिमा संविधानबाटै समस्या समाधान गरिनु पर्ने बताए ।

‘ जेन–जी आन्दोलनले नेतृत्व पुस्तान्तरण र रुपान्तरणको सन्देश प्रवाह गरेको छ ,’ केसीले भने ‘ साथै भ्रष्टचारको अन्त्य र नातावाद कृपाबाद अन्त्यको स्पष्ट सन्देश प्रवाह गरेको छ ।’


नगर उपसभाति केसीले जेन–जी आन्दोलनका नाममा आस्थाकै आधारमा निजी सम्पत्ति माथि भएको तोडफोड र आगजनी प्रति दुःख ब्यक्त गर्दै दोषीको पहिचान गरि कारबाही हुनुपर्ने माग गरेका थिए ।


त्यस्तै नेपाल तरुण दल जिल्ला कार्यसमिति दाङको आयोजनामा शुक्रबार तुलसीपुरस्थित विपी चोकमा ११औं संविधान दिवसको अवशरमा दीप प्रज्वलन गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *