तुलसीपुर , भदौ २९ । जेनजी आन्दोलनका नाममा तोडफोड पछि आगजनी गरिएको तुलसीपुरस्थित यातायात ब्यबस्था कार्यालयको शनिबार स्थानीय मिलेर सरसफाइ गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ गाइडहरस्थित यातायात ब्यबस्था कार्यालयको सरसफाइका लागि नेपाली काँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण)सहितका स्थानीयले मिलेर शनिरबार दिनभर जसो सरसफाइ गरेका हुन ।
तोडफोड र आगजनी गरिएको कार्यालय सरसफाइका लागि युवा नेता लहरेले दुई ट्याँकर पानी ब्यक्तिगत खर्चमा ब्यबस्थापन गरेको बताएका छन् ।
कार्यालय सरसफाइ गर्नूको साथै आगो लगाउँदा धुँवाले राँगिएका भित्ताहरुले पानीको फोहराले हानेर सरसफाइ गरिएको लहरेले जानकारी दिए ।
जेनजीको नाममा भदौ २४ गते तुलसीपुरमा भएको पर्दशनका क्रममा यातायात ब्यबस्था कार्यालयका साथै मालपोत कार्यालय, लोकसेवा आयोगको कार्यालय, उच्च अदालत, आन्तरिक राजश्व कार्यालय, नेपाली काँग्रेका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको घरहरु र नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको रिसोर्टमा तोडफोडका साथै आगजनी गरि ठूलो क्षति पुर्याइएको थियो ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलको तुलसीपुर – १९ हाडिमेस्थित घरमा पनि तोडफोड र आगजनी गरि ठूलो क्षति पुर्याइको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा सबै भन्दा क्षति पुगेको छ । त्यहाँ दमकल, पानी बोक्ने ट्याँकर, पार्किङ गरि राखिएका सवारी साधन, निजी सवारी साधनपनि आगो झोसेर ध्वस्त पारिएको छन् । तुलसीपुरका केही वडा कार्यालयहरुमा पनि आगजनी गरिएका छन् ।
बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा पनि तोडफोड र आगजनी बाट ठूलो नोक्सानी गरिएको छ ।
