२०८३ साउन १० गते आइतवार

नक्कली बिहे गराएको आरोपमा दम्पत्ति पक्राउ


दाङ, भदौ १९ । नक्कली बिहे गरि ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।


दैलेख साबिक साढु गाविस – ३ घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० मा बस्दै आएका ४० बर्षीय गोपालकुमार विक र अछाम तुर्माखाद गाउँपालिका – ३ सिजी घर भइ हाल सुर्खेत वीरेन्द्रनगर – १० बस्दै आएकी ३८ बर्षीया भविसरा रास्कोटी मगर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमति हुन । उनीहरु दुबै जना भदौ १७ गते पक्राउ परेका थिए ।

पक्राउ परेका मध्य बिक दम्पत्ति होटल सदाशंकरका संचालकपनि हुन । बिक र मगर मिलेर सामाजिक संजाल फेलबुक लगाएत माध्यबाट बिभिन्न ब्यक्तिहरु संग बिहेको कुरा गर्थे । बिहेको निक्र्यौल भएपछि उनीहरु नक्कली आमा – बुवा तथा छोरी बन्थे ।


विहे पछि विहे बेहुलीले नगद तथा गरगहना लगि वेपत्ता हुन्थिन । ठगीको अनौंठो स्वरुप बारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धान पछि फरक फरक मितीमा विभिन्न पुरुष व्यक्ति संग एउटै महिलाले बिहे गरेको खुल्न आएको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।

‘ फरक फरक मितीमा एउटै महिलाको बिभिन्न ब्यक्तिहरु संग बिहे गरेको खुल्छ,’ बुढथापाले भने ‘ त्यसरी विहे गरी वा गराइ ठगी गरेको तथ्थ अनुसन्धानबाट खुल्यो ।’

पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी पछि ठगी गर्ने मध्यका दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई अपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइ रहेकको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *