२०८२ कार्तिक २२ गते शनिवार

हराएकाहरु हराइ सके भनेपनि बचेकालाई बाँच्न दिनुपर्छ – टीकाराम खड्का

तुलसीपुर, भदौ १४ । तुलसीपुरका मेयर टीकाराम खड्काले हराएकाहरु हराइ सके भनेपनि बचेकालाई बाँच्न दिनका लागि राज्यले द्धन्द पीडितका लागि बिषेश रोजवारी मुलुक, सीपमुलक प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताएका छन् ।


बेपत्ता पीडित परिवार जनका सुनेपछि १३औं अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसशरमा रेडक्रस जिल्ला शाखा दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मेयर खड्काले बिगतको द्धन्दका समयमा भएका गल्ती कमजोरीहरुको समिक्षा गर्दै गम्भीर प्रकृतिका घटनाका दोषीलाई कानुन बमोजिम कारबाही हुनु पर्ने बताएका हुन ।

पत्रकार तथा संबाद समुहका सहजकर्ता सुशिल बस्नेतले बेपत्ता तथा सत्य निरुपन तथा मेलमिलाप आयोग अधुरो र अपुरो रहेको हुँदा त्यसलाई पुरा गरि पीडित परिवारका घाउमा मलहम लगाउन बिषेश गरि राज्यले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

द्धन्द पीडित संघ दाङका अध्यक्ष प्रकाश चौधरीले जिल्लामा हालसम्म १२६ जना बेपत्ता रहेको भन्दै उनीहरुको यथार्थ अवस्था जान्न पाउने अधिकार बाट बञ्चित बनाएर राज्य र तत्कालिन बिद्रोही पक्ष दुबैले ठूलो खेलवाड गरि रहेको बताए ।


‘ बेपत्ता भन्ने छ तर हामीले लास देख्न पाएका छैनौं,’ उनले भने ‘ अब यस्तो अन्यौंलपूर्ण अवस्थाले सम्पत्ति माथिको अधिकार वा हक हस्तान्तरण जस्ता कुराहरु समेत अन्यौंलग्रस्त बन्न पुगेको अवस्था हो ।’


तत्कालिन बिद्रोही पक्ष र राज्य दुबै बाट भएका अपहरण, हत्या जे भएपनि स्पष्ट जान्न पाउने अधिकारबाट परिवार र आफन्तलाई बञ्चित बनाउँदा झनैं ठूलो अन्याय भइ रहेको उनले बताएका थिए । सत्य जान्न पाउने अधिकार, पीडित माथि दिइनु पर्ने न्याय र परिपुरण जस्ता कुराहरु गर्न राज्य थप उदार बन्नु पर्ने चौधरीले बताए ।


रेडक्रस शाखा दाङका सभापति मदन गौतमले बेपत्ता परिवारका पीडाहरु कम गर्न र अन्यौंलता चिर्न दुबै पक्षले बास्तबिक कुराहरु छिटो सार्वजनिक गरि गम्भीर प्रकृतिका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्यले भूमिका खेल्न सक्नु पर्ने बताएका थिए ।


कार्यक्रममा रेडक्रस शाखाका उपमन्त्री बिमल केसीले प्रतिबेदन प्रस्तुत गरेका थिए भने शाखाका मन्त्री प्रकाश श्रीबन्तले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा दंगीशरण गाउँपालिका – ३ चितानपुरका दाजु भाइका छोराहरु २० बर्षीय रामप्रशाद चौधरी र २३ बर्षीय दशिराम चौधरी अभिभावकको आग्रहमा रासायनिक मल किनेर लैजान भनेर तुलसीपुर बजार आएका भएपनि हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको बताए ।

चितानपुरका भिकु चौधरीको घरबाट साइकल मागेर दाजु भाइ २० बर्षीय रामप्रशाद चौधरी र २३ बर्षीय दशिराम चौधरी संगै एउटै साइकलमा बजार आउँदै गर्दा २०५९/०३/२९ गते दूधेनाबाट उनीहरुले तत्कालिन सुररक्षा फौजले नियन्त्रणमा लिएको रामप्रशादका भाइ ४० बर्षीय सिताराम चौधरीले बताए ।

२३ बर्षदेखि दाजुहरुको अवस्था अज्ञात रहँदा घर परिवार र आफन्त सबै आशामा बस्दै आएको पनि उनले बताए ।
‘जिउँदो छ भनम देख्न पाएका छैनौं र मर्‍यो भनौं लास पाएका छैनौं,’ सितारामले भने ‘ यस्तो अन्यौंल पूर्ण अवस्थामा बुवा आमाका साथै घर परिवार र आफन्तलाई सम्झाउन निकै मुस्किल हुने गरेको छ ।’

तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीकी लक्ष्मी चौधरीका श्रीमान खोपिराम चौधरीलाई २०५९/०१/०१ गते घरबाटै सुरक्षाकर्मीको टोलीले लगेका थिए । तर हालसम्म पनि उनको अवस्था अज्ञात नै छ ।


लक्ष्मीपनि श्रीमान खोपिराम फर्किने आशमा बाँचेकी छिन । साँझ बिहान श्रीमान आउने बाटो हेर्दै उनी हैरान छिन ।
‘ मारेको भए हामीले तिम्रा श्रीमानलाई मारी सक्यौंं लास यहाँ गाडेका थियौं भनेर भनिदिए हुन्थ्यौं,’ उनले भनिन् ‘हालसम्म पनि राज्यले स्पष्ट जबाफ नदिदा अन्यौंलको भूमरीमा बाँच्नु परेको छ ।’

घोराही उपमहानगरपालिका – १७ का श्रीकृष्ण आचार्यका बुवा थानेश्वर आचार्य २४ बर्षदेखि बेपत्ता छन् ।
थानेश्वर पेशा शिक्षक थिए । मुगुमा पढाउँथे ।


त्यतै जान हिडेका उनी हालसम्म पनि घर फर्किएका छैनन् ।
श्रीकृष्ण राज्य वा बिद्रोही जुन पक्षबाट बन्धक बनाइ हत्या गरेको भएपनि सत्य कुरा जानकारी नदिनु आँफहरु ठूलो अन्यौंलतामा बाँची रहेको बताए ।


२४ बर्षदेखि बेपत्ता बुवाका कारण घर परिवार निकै पीडित रहेको तथा घर ब्यबहारिक कुरा मिलाउन पनि कठिनाइ भएको उनले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *