
तुलसीपुर, भदौ ५ । बिरामी भइ भारतमा उपचार गराइ रहेका प्रशिक्षक तथा खेलाडी सुधिर गुरुङको उपचारमा सहयोग पुगोस भनेर नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बिमल रिजाल र उनको समुहले एक लाख १२ हजार रकम सहयोग पठाएका छन् ।
जिल्लाकै पहिलो एकेडमी ‘स्पोट्स स्कुल फूटबल एकेडमी’ सञ्चालक समितिका अध्यक्ष तथा प्रशिक्षक गुरुङ ‘प्रोष्टेडको क्यान्सर’ देखिएका कारण हाल भारतमा उपचार गराइरहेका छन् । प्रशिक्षक गुरुङले आँफु हाल भारतको गुडगाँउस्थित बेदान्त हस्पिटलमा उपचाररत रहेको जानकारी दिएका छन् ।
खेल क्षेत्रमा समर्पित गुरुङको जीवन रक्षाका लागि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका बिमल रिजाल र उनको समुहले आपसमा रकम संकलन गरि एक लाख १२ हजार रुपैयाँ उपचार साहेतका लागि पठाएका हुन ।
रिजाल सञ्चालक समितिको अध्यक्ष रहेको ‘तुलसीपुर सिटी हस्पिटल’का पदाधिकारी, कार्यरत कर्मचारी, डाक्टर र नर्सहरुले संकलन गरेको ५१ हजार र रिजाल आवद्ध रहेको वल्ड ११ फ्रान्ड ग्रपुले ६१ हजार गरि कुल एक लाख १२ हजार रुपैैयाँ साहेता रकम पठाएका हुन ।
सुधिर गुरुङ बचाउ अभियानका लागि आर्थिक साहेता संकलन गरि रहेका फुटबलका प्रशिक्षक प्रितिबहादुर गिरी (प्रेस)का अनुसार हालसम्म दश लाख हाराहारीमा आर्थिक साहेता संकलन भइ सकेको फरककोणलाई जानकारी दिए । उनले कुन संस्था वा ब्यक्तिले कति साहेता उपलब्ध गराए भन्ने बारेमा शुक्रबार विवरण दिनेपनि बताए ।
तुलसीपुरका उद्योगी तथा ब्यबसायी बिमल रिजालले मानविय नाताले एकाएक क्यान्सर देखिएर उपचारका लागि भारतमा पुगेका सुधिर गुरुङको जीवन रक्षाका लागि सबैलाई सक्दो सहयोग गर्न आग्रहपनि गरेका छन् ।




