२०८२ मङ्सिर १ गते सोमवार

दाङको नयाँ सिडियोको रुपमा अर्याल आउँदै

दाङ, भदौ ५ । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत विश्वप्रकाश अर्याल दाङमा आउन भएका हुन । बुधबार गुहमन्त्रालयले दाङसहित ३६ जिल्लामा प्रजिअहरुको सरुवा गरेको थियो ।


दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालाई हालसालै गृहप्रशासनले कैलालीमा पठाएको थियो ।

कैलाली कारागारमा एक जनाको ज्यान जाने गरि भएको झडप पछि लम्साल कैलाली पठाइएका हुन ।


कैलालीका तत्कालिन प्रजिअ गोगनबहादुर हमाललाई गृहप्रशासनमा तानिएपछि दाङबाट लम्साल कैलाली खटाइएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *