२०८३ भाद्र १२ गते शुक्रवार

मौलिकता नमासिने गरि तीज पर्व मनाउन काँग्रेस नेताहरुको आग्रह

शान्ति पार्कमा काँग्रेसको तीज मिलन कार्यक्रम

तुलसीपुर, भदौ ४ । नेपाली काँग्रेसका नेताहरुले नारीहरुको महान पर्व तीज मौलिक पर्व भएको हुँदा परम्परा अनुरुप सभ्य रुपमा मनाउन आग्रह गरेका छन् ।


नेपाली काँग्रेस तुलसीपुर उपमहागनरपालिका वडा नं. ५ वडा कार्यसमितिले बुधबार तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यानमा गरेको तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरुले पछिल्लो समय तीज भड्किलो बन्दै गएको हुँदा सभ्य रुपमा मनाउन आग्रह गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले तीजको परम्परा र मौलिक अनुरुप तीज मनाउन सकेमात्रै घर परिवार तथा समाजमा खुसी छाउने बताए ।


नारी शक्ति संगठित हुन जरुरी रहेको भन्दै केन्द्रीय सदस्य गिरीले त्यसबाट गलत परम्पराहरु चिर्दै अगाडि बढ्न सहज हुने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जिल्ला पार्टी सभापति घनश्याम रेग्मीले हरितालिका तीज बिगतको प्रचलन र परम्परा देखासिखीमा होडबाजी युक्त बनाउन नहुने सझुाए ।


संविधानसभा सदस्य बुद्धिराम भण्डारीले तीज नारीहरुका लागि उल्लासको पर्व भएका कारण समाजका बिषेश महत्व राख्ने भन्दै सभ्य रुपमा तीज मनाउन आग्रह गरे ।


तुलसीपुर – ५ का वडासभापति नबीन बुढाथोकीको अध्यक्षता भएको कार्यक्रमलाई काँग्रेस नेताहरु महादेव शाह, भूपबहादुर डाँगी, लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा श्रेष्ठ, जिल्ला उपसभापति कमानसिंह भारती, दाङ क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का लगाएतले सम्बोधन गरेका थिए ।

त्यस्तै महिला नेतृ सुष्मा गिरी, नेपाल दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती लगाएतले तीजको शुभकामना मनतब्य राखेका थिए ।

तुलसीपुर – ५ की वडासदस्य मधुमति सुनारको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा उपसभापति शिशिर लामिछानेले गरेका थिए ।


कार्यक्रममा बिभिन्न संग संगठन, शुभेच्छुक संस्थाका प्रमु्ख, उद्योगी ब्यबसायी ,जनप्रतिनिधि र प्राध्यापकहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *