तुलसीपुर, भदौ ४ । सशस्त्र प्रहरी बल तुलसीपुर बेश क्याम्पसको सक्रियतामा खोला तथा नदी जन्य पदार्थको अबैध उत्खनन् बिरुद्धको कारबाही गर्दा ६ महनिामा ६ लाख बढी राजश्व संकलन भएको छ ।
तुलसीपुर बेश क्याम्पसको प्रमुखका रुपमा सशस्त्र प्रहरी नायव उपरीक्षक नरेशकुमार खड्का २०८१/१०/२३ गते बाँकेबाट काज सरुवा भइ हाजिर भएका थिए । डिएसपी खड्का भदौ ४ गते फेरि बाँकेमै काज फिर्ता भएपछि उतै फर्किएका छन् ।
बितेको ६ महिनोका अवधिमा डिएसपी खड्का नेतृत्वको टोलीले खोला जन्य बस्तुको अवैध उत्खनन्मा संलग्न ट्याक्टर र टिप्पर माथि कारबाही गर्दा ६ लाख ३५ हजार राजश्व संकलन गर्न सफल भएको छ ।
बितेको ६ महिनाको अवधिमा सशस्त्र बल तुलसीपुरले १९ ट्याक्टर र २ टिप्पर गरि कुल २१ साधनहरु नियन्त्रणमा लिएको थियो । डिएसपी खड्काका अनुसार बितेको साउन महिनामा मात्रै अबैध उत्खनन्मा संलग्न ट्याक्टर माथि कारबाही गर्दा एक लाख रुपैंया राजश्व संकलन भएको थियो ।
बितेको आर्थिक बर्षको अवधिमा सशस्त्र प्रहरी बल तुलसीपुरले कुल दश लाख ३५ हजार राजश्व संकलन गर्न सफल भएको डिएसपी खड्काले बताए ।
डिएसपी खड्का बिगतमा सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोष्ट) राजापुर बर्दियामा बिओपी प्रमुखको रुपमा कार्यरत छँदा ‘बेष्ट बिओपी अवार्ड’ प्राप्त गरेका ब्यक्ति हुन ।
डिएसपी खड्का नेतृत्वको टिमले यसक्षेत्रमा भए गरेका बिपद, उद्धार, सवारी दुर्घटना र बन्द हड्तालको अवस्थामा सक्रिय भूमिका निर्वाह गर्न सफल अधिकारी हुन ।
खड्का नेतृत्वको सशस्त्र प्रहरीको टोली तुलसीपुर र पश्चिम दाङका तीन पालिकाको नौ सय ८ बर्ग किलोमिटरको क्षेत्रफल हेर्दै आएको थियो । बिद्यालयका बालबालिकाहरुमा लागुऔषधका असर, बच्ने उपाय, न्यूनिकरण सम्बन्धि चेतनामुलक कार्यहरु पनि संचालन गरेको थियो ।
६ महिना अघि तुलसीपुरमा काजका रुपमा खटाइएका डिएसपी खड्का भदौ ४ गते फेरि दरबन्दी रहेकै कार्यालय सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वर बाँकेमा फर्किएका हुन ।
खड्काको ठाउँमा तुलसीपुरमा नयाँ डिएसपी रामप्रशाद भण्डारी सरुवा भइ आएका छन् ।
