तुलसीपुर,भदौ ३ । तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर–८ दुधेना निवासी ३५ वर्षीया कविता चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीलाई तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा ठेकेदार खुसीराम चौधरीको कोठामा भाँडा माझ्ने क्रममा करेन्ट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
ठेकेदार खुसीरामको घर दाङको लमही नगरपालिका–३ हो । घर निर्माणको ठेक्का लिएका चौधरी हाल तुलसीपुर–८ दुधेनामा कोठा भाडामा बस्दै आएका थिए ।
मोटरको तारबाट करेन्ट लागी गम्भिर घाइते भएकी चौधरीलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो ।
तर उपचारको क्रममा बिहान करिब सवा १० बजेतिर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार