२०८२ कार्तिक २४ गते सोमवार

पुकार पसलस्थित फर्निचर उद्योगमा आगलागी

तुलसीपुर , भदौ २ । तुलसीपुरस्थित पुकार पसल नजिकको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ ।


सोमबार दिउँसो तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका – १२ पुकार पसलस्थित सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागी भएको फर्निचर उद्योग तुलसीपुर –५ ‘ग’ लाइनका ताराबहादुर वलीको हो ।

आगलागीको खबर पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रमुख डिएसपी अनिल ठकुरीको कमाण्डमा २५जनाको टोली खटिएको थियो ।


आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, केही पानी बोक्ने ट्याङकर, प्रहरीका साथै स्थानीयको सहयोगमा चार बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार क्षतिको बिवरण संकलन गर्ने कार्य जारी छ । आगलागीको कारण खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *