२०८२ कार्तिक २९ गते शनिवार

रुकुमपूर्वमा बैंक प्रबन्धक मृत फेला

रुकुमपूर्व,भदौ १ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठानास्थित कृषि विकास बैंक शाखामा कार्यरत प्रबन्धक मृत फेला परेका छन्।

शनिबार दिउँसो उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

प्रहरीका अनुसार सल्यान, बागचौर नगरपालिका–८ कोटमौला निवासी ५२ वर्षीय शिवशंकर गिरी, हाल सोही बैंकमा प्रबन्धकका रूपमा कार्यरत, आफ्नै आवासमा अचेत अवस्थामा फेला परेका थिए।

घटनाबारे दिउँसो करिब ३ बजे जानकारी प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट करिब ५०० मिटर दक्षिणतर्फ पर्छ।

स्वास्थ्यकर्मीले जाँच गर्दा गिरीलाई साँझ करिब ४:२० बजे मृत घोषित गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *