२०८२ मङ्सिर १ गते सोमवार

आज बेलटाकुरा र दुधेनाको कृष्ण मन्दिरमा लाखे जात्रा

तुलसीपुर, साउन ३१ । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व घर घरमा तथा कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा–आराधना गरी धुमधाम पूर्वक मनाइदै छ ।

भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले हुँदा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भन्ने गरिन्छ ।
भगवान श्रीकृष्ण समग्र मानव जतिका लागि ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन् ।

विशेष गरी आज महिला ‘व्रत’ बस्ने प्रचलन छ । श्रीकृष्ण जस्तै स्वामी प्राप्ती र श्रीमानको दीर्घायूको लागि उनीहरु ‘ब्रत’ बस्ने गर्छन । रातभर जाग्राम बस्ने प्रचलन पनि छ ।

आज तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराको खल्यानमा लाखे जात्रा हेर्न आउने मानिसहरुका कारण ठूलो मेला लाग्छ ।

बेलटाकुराको लाखे नाच जिल्लामै पख्र्यात छ । मानिसहरुको बाक्लो जमघट हुने बेलटाकुरामा आज बिभिन्न ब्यापारीहरुले पसलपनि लगेर थापेका हुन्छन् । झन्डै आठ दशक यता बेलटाकुरामा ठकृुरी समुदायको नेतृत्वमा लाखे नाच हुँदै आएको छ ।

त्यस्तै तुलसीपुर – ९ दुधेनास्थित कृुष्ण मन्दिरमा पनि आज लाखे जात्राको रमाइलो जमघट हुने गर्छ । तुलसीपुर बजार लगाएत पश्चिम क्षेत्रका मानिसहरु कृष्ण मन्दिरको मेलामा लाग्ने लाखे जात्राको रमाइलो हेर्न पुग्ने गर्छन ।

यि बाहेक कृष्ण मन्दिर भएका अन्य स्थानमा पनि लाखे जात्राको अवशरमा मेलाहरु लाग्ने गर्छन ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *