२०८२ कार्तिक २१ गते शुक्रवार

एकलीमा योगहल उद्घाटन

एकली , साउन ३१ । दंगीशरणमा योगहलको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा न ३ पदमपुर एकलीमा निर्मित योगहलको शनिबार उद्घाटन गरिएको हो ।


गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पीमा वली खड्का र वडाध्यक्ष शुकलाल चौधरीले बहुउदेश्य योगहलको उद्घाटन गरेका हुन ।

योगहल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले योग शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यका लागि उपयोगी रहेको चर्चा गरेका थिए ।


‘स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न मानसिक शान्तिका लागि योग र ध्यान आजको आवश्यकता हो,’ गिरीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीकाकी उपाध्यक्ष पीमा वली खड्काले रोग लाग्नुभन्दा पहिलै रोग लाग्न नदिने बेस भन्ने सोचका साथ योगमा जोडिन आवस्यक रहेको बताइन ।

उपाध्यक्ष खड्काले योगहललाई अस्पतालको रुपमा बुझ्न र प्राणघातक जस्ता रोगहरुबाट बच्ने उपयुक्त उपाय योग नै रहेको बताइन ।

त्यस्तै वडा न ३ का वडाध्यक्ष शुकलाल चौधरीले वडामा हुने हरेक कार्यक्रम सोही साझा थलोको रुपमा गर्नका लागि बहुउद्देश्यीय सभाहलको उपयोगी साबितहुने आशा ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला विकास समिति दाङका पूर्व सभापति भरत केसी, पतन्जली योग समिति दाङका उपाध्यक्ष समिक्षा रिजाल, पतन्जली योग समिति दाङका उपाध्यक्ष बिनोद चौधरी, पतन्जली योग समिति दाङका स्वागत प्रभारी प्रल्हाद शाह लगायतले मानव जीवनमा योगका महत्व बारे प्रकाश पारेका थिए ।

पतन्जली योग समिती दाङका जिल्ला सदस्य लक्ष्मण केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *