२०८२ कार्तिक २२ गते शनिवार

प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाए


घोराही, साउन ३० । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र एन प्याब्सनले शिक्षा विकास तथा समन्वय इकाइ लगाएतमा ज्ञापनपत्र बुझाएका छन् ।


केन्द्रीय कार्यक्रम अन्तरगत शुक्रबार उनीहरुले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएका हुन ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझाइ सकेपछि प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरी, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्मा र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवमणि चौधरी सम्बोधन गरेको प्याब्सन दाङका सचिव आदिम केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *