दाङ, साउन ३० । दाङ तुलसीपुरका एक युवक ठूलो परिमानमा ब्राउन सुगरसहित नेपालगंजबाट पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ पुलचोकका २७ बर्षीय बिराज बिक बिहीबार दिउँसो ४ बजेतिर ४७ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ बाँकेको नेपालगंजबाट पक्राउ परेका हुन ।
सुराकका आधारमा पुगेका अस्थायी प्रहरी पोष्ट नेपालगंजका प्रमुख प्रहरी सहायक निरीक्षक सुनिल शाहीले बिराजलाई त्रिभुवन चोक नजिकै बाट पक्राउ गरेका थिए ।
प्रहरी सहायक निरीक्षक शाहीले नियन्त्रण पछि बिराजको शरिर खान तलासी गर्दा ठूलो मात्रामा ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
उनी श्रीमति संगै फेला परेका थिए ।
श्रीमति भने निर्दोश देखिएको हुँदा बिहीबार नै प्रहरीले छोडेको थियो । पक्राउ परेका बिराजलाई म्याद थपका लागि बाँके जिल्ला अदालत लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
