दाङ, साउन ३० । दंगीशरण गाउँपालिका –२ कलमखोलाका २३ वर्षी दिलिप विकलाई बलात्कार मुद्दामा जिल्ला अदातलले १२ बर्ष कैद सजायको फैसला सुनाएको छ ।
एक बर्ष पहिले स्थानीय जंगलमा एक्लै बाख्रा चराउन गएकी १४ बर्षीया नाबालिकलाई बलात्कार मुद्दामा कसुरदार ठहर गर्दै अदालले १२ वर्ष कैद ५ लाख रुपैयाँ जरिवाना, ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले साउन २१ गते बिकलाई कसुरदार ठहर गरेको थियो । त्यस्तै साउन २७ गते सजाए निर्धाणरण गरेको थियो ।
अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार पीडित बालिकाले २०८१ वैशाख ६ गते बिकले आँफुमाथि बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
