घोराही, साउन २९ । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा शुक्रवार करोड दिप प्रज्वलन गरिने भएको छ ।
साउन १ गतेदेखि सुरु भएको शिव पुुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दिप प्रज्वलन गर्न लागिएको हो ।
दिउसो ४ बजेदेखि विधिपूर्वक सामुहिक लक्ष्यवर्तिका गरी वेलुकी साडे ६ बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
सामुहिक दिप प्रज्वलन कार्यक्रममा सहभागी हुनका लागि बिहिवार अपराहन्न ४ बजे सम्म मन्दिरमा बत्ति बुझाइ सक्न मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।
मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिव पुुराण एवं श्रींगारिक महाआरतीमा हालसम्म ६६ जनाले आरती, १० जनाले रुद्राअभिषेक, १५ जनाले लाखवत्ति बालेको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।
त्यस्तै १४ जनाले ब्राहमण भोजन तथा प्रसादी वितरण गरेका थिए ।