२०८३ असार ३ गते बुधवार

यातनापुर्वक भैँसी ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ


अर्घाखाँची,साउन २८ । अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका -२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका -२ घर भएका क्रिस बाँनिया रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

उनीहरूले धारापानीबाट सदरमुकाम सन्धिखर्क ल्याउने क्रममा जीपमा ४ वटा भैँसीलाई अटाइनअटाइ राखेको, यातना दिएको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताए ।

पक्राउ परेका पौडेल र बाँनियामाथि मुलुकी अपराध संहिता–२०७४ अनुसार पशुपक्षीसम्बन्धी कसुर मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *