
तुलसीपुर, साउन २७ । ‘युथ्स अफ तुलसीपुर’ २६औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बिकट मानिने कौवाघारीमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
मंगलबार दंगीशरण गाउँपालिका – २ कौवाघारीस्थित प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा अध्यनरत ७६ जना बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो । प्रत्येक बिद्यार्थीलाई ६ वटा कपी, ५ वटा इरेजर, ५ वटा कटर र १ दर्जन पेन्सिल वितरण गरिएको थियो ।
‘युथ्स अफ तुलसीपुर’का अध्यक्ष अरुण लहरेका अनुसार झन्डै ६५ हजार बराबरका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक कार्यक्रम वितरण समारोहलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले बिकट भूगोलका बिद्यालयका बालबालिकालाई मानविय भावनाले तुलसीपुर बजार बाट आइ शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यबाद दिएकी थिइन ।
उपाध्यक्ष खड्काले बालबालिकाको पठन पाठन र शिक्षाको विकासका यस्तै सामुदायिक सहकार्यको आवश्यक रहेको औंल्याएकी थिइन ।
त्यस्तै दंगीशरण–२ का वडाध्यक्ष डम्बरबहादुर खत्रीले बिटकमा अध्यनरत गरिब परिवारका बालबालिकाको लागि प्राप्त सानो सहयोग पनि उनीहरुको शैक्षिक प्रगतिका लागि महत्वपूर्ण प्रेरणाको स्रोत बन्न सक्ने बताएका थिए ।
अध्यक्षको आशनबाट सम्बोधन गर्दै ‘युथ्स अफ तुलसीपुर’का अध्यक्ष अरुण लहरेले जिल्लाकै बिकट मानिने कौवाघारीका स्थानीय बालबालिकामा शिक्षा प्रतिको भरोसा र शिक्षा प्रतिको महत्व स्थापित गर्न सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको बताएका थिए ।
उनले अझंै संस्थाको तर्फबाट थप दुई सामुदायिक विद्यालयहरु छनोट गरि यसैगरि शैक्षिक सामग्री वितरण गर्ने उदेश्य रहेको जानकारी दिए ।
कार्यक्रम युथ अप तुलसीपुरका उपाध्यक्ष पोषण बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने सहजीकरण सचिव सुदीप नेपालीले गरेका थिए ।
