
तुलसीपुर, साउन २७ । तुलसीपुरमा मंगलबार बिषेश गरि सफल मानिने तीन जना ब्यक्तिका कुरा तुलसीपुर क्षेत्रका बिद्यार्थीले रुची पूर्वक सुने ।
२६औं अन्तराष्ट्रिय युवा दिवसका अवशरमा तुलसीपुरको ‘मेट्रो दरबार होटेल’मा आआयोजित ‘युवा र उद्यमशिलता बिषयक बहस’ कार्यक्रममा युवा तथा विद्यार्थी माझ यी तीन जनाले जिवनमा आँफुले गरेको संघर्ष र सफलताको कथा सुनाएका थिए ।
तीन मध्य पनि विद्यार्थी बिषेश रुचीका साथ विद्यार्थीले बिनिल केसी र सुरेश हमाललाई सुने । बिद्यार्थीले धेरै प्रश्नहरु उनीहरुलाई नै सोधेका थिए । जो तुलसीपुर क्षेत्रबाट हरेक क्षेत्रमा उदयमान अनुहारहरु हुन । उद्योग, ब्यापार, राजनीति मात्रै होइन पछिल्लो समय हरेक क्षेत्रमा उनीहरुको बर्चश्व स्थापित रहेको मानिन्छ ।
बिनिल केसी
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका बिनिलाई उद्घाटन सत्रको सबै भन्दा अन्तिममा धारणाहरु राख्न दिइएको थियो । ओपनिक राउन्डको अन्तिममा बिनिलले बिद्यार्थी माझ आफ्नो संघर्षको कथा राख्दा युवा बर्गले अभिरुची पूवर्क सुनेका थिए ।
ब्यबस्थापन संकायमा स्नातोक्तर बिनिलले आँफु १८ बर्षको उमेरदेखि पूर्ण रुपमा ब्यापारमा होमिएको बताएका थिए ।
‘म पढ्दै गर्दा १८ बर्षकै उमेरमा पूर्ण रुपमा ब्यापारमा होमिएको थिए र जतिखेर मलाई घरमा स्वर्गिय बुवाको मात्रै साथ थियो,’ बिनिलले अगाडि भनेका थिए ‘ त्यतिखेर म संग दुई वटा अप्सन मात्रै थियो, आफ्नै ठाउँमा बसेर ब्यापार गर्ने कि सिंगापुर जाने ।
मैले ब्यापार रोजेको थिए र म मेरो कर्ममा आज पूर्ण रुपमा सन्तुष्ट छु । यदि मैले सिंगापुरको बाटो रोजेको भए आजपनि मैले सिंगापुरको पासपोर्ट र भिजा रिन्यू गरि रहेको हुने थिए हुँला ।’
कलिलै उमेरमा ब्यापारमा हात हालेका बिनिलको परिचय ‘गणेश पाउ रोटी उद्योग’ मार्फत स्थापित भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनको बेकरी उद्योग आजपनि तुलसीपुर क्षेत्रमा ग्राहकहरुको रोजाईमा छ ।
सबैभन्दा विश्वाशिलो र चर्चित छ । जहाँ दर्जनौं युवाले रोजगारी पाएका छन् । बिनिलको एकल लगानीमा बेकरी उद्योगमात्रै सञ्चालित छैन सहलगानीका फ्लोर मिल, होटेल ब्यबसाय र घर जग्गा कारोबारमा पनि उनको लगानी छ ।
राप्ती बबई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका बिनिलले उक्त क्याम्पसमा पनि युवामा उद्यमशिलताको बिकासका लागि दश लाख छुट्याइएको बताए ।
१५ देखि २५ बर्षका युवालाई उद्यमशिलतामा ल्याउन अति जरुरी रहेको भन्दै बिनिलले हरेक एक सय जनामा दश जना युवा उद्यमशिलतामा जोडिन जरुरी रहेको बताए । ‘ नेपालमा प्रन्धदेखि पच्चिस बर्ष उमेर समुहका युवाहरुको सहभागिता उद्यमशिलतामा जम्मा शून्य दशमलब छत्तिस प्रतिसत मात्रै छ,’ बिनिलले भने ‘ यो अतेन्तै न्यून आँकाडा हो । तर, यहाँ ठूलो संभावना छ । ठूलो अवशर छ । त्यसलाई युवाले अपनाउन जरुरी छ ।’
इण्डियाबाट सामान ल्याएर बेच्ने र आँफुमात्रै स्वरोजगार बन्नेहरुलाई उद्यमशिलता मान्न नसकिने भन्दै बिनिलले अरुका लागि पनि रोजगारी सृजना गर्न आवश्यक रहेको बताएका थिए । सरकारले नयाँ पुस्तामा उद्यमशिलता सिकाउन वा उद्यमशिलताको बिकासको लागि देशमा बिजिनेस यूनिभर्सिटी स्थापना गर्न अति जरुरी रहेको बिनिलले बताएका थिए ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपसभापतिसमेत रहेका बिनिलले उद्यमशिलता बुझेको अरु धेरै ब्यक्तिहरु राज्यको नीति निर्माण तहमा पुग्न जरुरी रहेको बताएका थिए ।
‘लाखौं खर्चेर बिदेश मात्रै ताक्ने होइन त्यत्तिकै लगानी गरे यहाँपनि ठूलो संभावना छ,’ बिनिलले भने ‘ तपाँइले बिश्वास दिलाउन सक्नु भयो भने कहिले काँही बिना पूँजीपनि उद्यमशिल बन्न संभव छ ।’ तुलसीपुर उद्योग बाणिज्य संघले पनि उद्यमशिलता पबद्र्धनको अभियान सञ्चालन गरेको भन्दै उनले उद्यमशिलता बिकासको योजनासहित आउने जो कोही भएपनि सघाउन आँफुहरु तयार रहेको बताएका थिए ।
सुरेश हमाल
यातायात क्षेत्रमा स्थापित र चर्चित अनुहार हुन सुरेश हमाल । सुरेश नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका सल्लाहकार पनि हुन ।
युवा माझ लोकप्रिय पात्र मानिने सुरेश नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापतिसमेत हुन । सुरेशको लगानी नभएको क्षेत्र सायदै छैन होला । सार्वजनिक यातायात, ढुवानीमा टिपर, क्रसर, मार्ट, निर्माण ब्यबसाय, विद्यालयदेखि हरेक क्षेत्रमा उनको लगानी छ ।
दंगीशरणको रावत गाउँको मध्यम परिवारमा जन्मिएका सुरेशले यहाँसम्म आइपुग्न ठूलो मेहनत र संघर्ष गरेका छन् । ‘ मैले चौध पन्ध्र बर्षको उमेरदेखि बुवा संग कहिलै पैंशा मागिन,’ उनले भने ‘ मैले पढाइ खर्चदेखि हरेक खर्च आफ्नै मेहनतले आर्जन गर्दै यहाँसम्म आइ पुगेको हुँ ।’
उनले आँफु २०४९ सालदेखि हालसम्म ३३ बर्ष तुलसीपुर बजारमा बस्दै आएको र अहिले पनि आफ्नो लगानीको क्षेत्रमा उत्तिकै मेहनत गर्दै युवालाई रोजगारी दिन र सृजना गर्न हरेक क्षेत्रमा सहयोगी बन्दै आएको बताए ।
तत्कालिन समय राप्ती बबई क्याम्पसमा आइए पढ्दा पढ्दै उनी पूर्ण कालिन रुपमा यातायात ब्यबसायमा सर्मिपित भएका थिए । सुरेशले बिगतमा आँफै बसहरुमा कन्डर गर्दै हिडेका ब्यक्तिपनि हुन । दुःखले दुःख चिनाउँछ , पैंशाले पैंशा भने जस्तै उनले आर्जन गरेको पैंशा यातायात लगाएत हरेक क्षेत्रमा निकै जतन र विश्लेशनका साथ लगानी गर्दै गए ।
धनले धन तान्छ भने जस्तै भयो । उनले एक पछि अर्कौ सफलता हासिल गर्दै गए । यातायात क्षेत्रमा कन्डर हुँदै अगाडि बढेका सुरेश त्यसपछि कहिलै फर्किएर पछाडि हेर्नु परेन । जस्ले मध्यपान, धुर्मपान कुराहरु कहिलै सेवन गरेनन् ।
अन्तिम राउन्डको अन्यमा फेरि सञ्चालकले सुरेशलाई धारणा राख्न दिएका थिए । त्यतिखेर उनले काम गर्न लाज मान्ने प्रबृति त्याग्न युवा र बिद्यार्थीलाई सुझाए । ‘ हामी युवा आँफैले घरमा मेहनत गरि उत्पादन गरेको भैंसीको दूध बेच्न बजार आउनपनि लाज मान्ने प्रबृति छ,’ उनले भने ‘बुवाले भैंसी दुँदै गर्दा घर भित्र कोठामा बसेर छोराले सामाजिक सञ्जाल टिकटक चलाइ बसेको हुँन्छ ।
त्यही बुवा बजारमा दूध बेचेर घर फर्किएपछि मोटरसाइकलमा पेट्रोल हाल्ने पैंशा माग्छ र बजारमा गइ डुलेर दूधको चिया खाँदै नेपालमा कुनै अवशर छैन भन्दै पासपोर्ट बनाइ खेतबारी बन्दधी राखेर बिदेश जान्छ।’ त्यस्ता युवाहरुले बिदेशमा जेस्तो पनि काम गर्न तयार हुने गरेको सुरेशले बताए ।
उनले आँफुले नेतृत्व गरेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिमा ७० प्रतिसत युवाले रोजगारी पाएको बताए । आँफुहरुको लगानी रहेका हरेक ब्यापारमा युवालाई अवशर दिने गरेको तथा उद्यमशिलता बिकासमा आवश्यक परे सहयोग गर्दै आएको सुरेशले बताए ।
घनश्याम पाण्डे
‘युवा र उद्यमशिलता बिषयक बहस’ कार्यक्रमका प्रमुख बक्ताका रुपमा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे थिए । तुलसीपुरका पूर्व नगर प्रमुखसमेत रहेका घनश्यामले आँफु २४ बर्षकै छँदा बिगतमा तुलसीपुरमा उपमेयरमा निर्वाचित भएको प्रसंग सुनाएका थिए ।
त्यस्तै उनले आँफु युवा अवस्था छँदै बिगतमा दाङ भ्याली बोर्डिङ स्कूल स्थापना गरेर आफ्ना लागि मात्रै होइन अरुका लागि पनि अवशरहरु सृजना गर्ने उपाएको खोजी गरेको बताए ।
नेकपा एमाले भित्र भिजनरी नेता मानिने पूर्व मेयर घनश्याम पछिल्लो समय ग्रिन फाउन्डेसनको माध्यमबाट दुर दराज र गाउँघरमा पुगी समुह गठन गर्ने, उनीहरुलाई स्थानीय चिज बस्तुबाट बिभिन्न सामाग्री निर्मार्ण गर्न प्रेरित गर्ने तथा उद्यमशिलता बिकासमा लागि परेका मध्य एक हुन ।
बिगतमा सामुदायिक वनको माध्यमबाट अन्तराष्ट्रिय जगतमा समेत आफ्नो छवि स्थापित गर्न सफल पाण्डेले नेपालमा अहिले पनि २० देखि ४० बर्ष मुनिका युवाले सञ्चालन गरेका उद्योग र उद्यम राम्रो सग सञ्चालन भएको पाइएको बताए ।
‘समाजको सबै भन्दा समस्या के हो , त्यो पहिचना गरि गर्न सक्ने हो भने त्यसैभित्र उद्यमशिलता फष्टाउँछ,’ पाण्डेले भने ‘ तर, आज युगले सूचना प्रबिधिसहितको उद्यमशिलता बिकासमा युवा लाग्न जरुरी छ ।’ नेपालमा प्रसस्तै संभावनहरु रहेको बताएका उनले नेपालमा केही अवशर छैन भन्ने मानसिकता त्याग्न जरुरी रहेको बताए ।
‘ नेपालमा उद्यमशिलताको प्रसस्तै संभावनाहरु छन्,’ उनले भने ‘लाखौं खर्च गरि काम खोज्न बिदेशीने युवाले आफ्नै ठाउँमा उद्यमशिलता बिकासमा जोड नदिदासम्म यो देशको बिकास संभव हुँदैन भन्ने युवाले बुझ्न जरुरी छ ।’
लोकप्रिय छवि हुँदा हुँदै अघिल्लो संसदीय निर्वाचनमा प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी संग दाङको निर्वाचन क्षेत्र नं. ३ (क) मा पराजित भएका थिए ।
माधव वली
कार्यक्रमको अर्का प्रमुख बक्ताका रुपमा थिए तुलसीपुर – १८ का वडाध्यक्ष माधव वली । नेकपा एमालेबाट उनी लगातार दोस्रो कार्यकाल वडाध्यक्ष निर्वाचित युवा हुन । यसवाट पनि उनको लोकप्रियताको मापन हुन्छ ।
तुलसीपुर नगरका प्रबक्तासमेत रहेका वलीले युवा बर्गमा यतिखेर नेपालमा केही हुँदैन वा यो बस्न लायक देश नै होनइन , यहाँ कुनै अवशर नै छैनन् भन्ने खाले हतोसाहित मानसिकता रहेको हुँदा त्यो मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।
तुलसीपुर नगरले उद्यमशिलता बिकासका लागि प्रयासहरु गरि रहेको भएपनि सोचे जस्तै गरि उद्यमशिलताको बिकासमा भूमिका निर्वाह गर्न नसकेको भने उनले स्वीकार गरे ।
स्थानीय सीप र कलालाई उद्यमशिलता संग जोड्न जरुरी रहेको भन्दै त्यसले सयौं रोजगारी सृजना गर्ने तथा मुलुक संबृद्धिको दिशामा अगाडि बढ्ने संभावना औंल्याएका थिए ।
कार्यक्रममा सहभागी युवा तथा बिद्यार्थी गरि एक दर्जन बढीले उद्यमशिलता संग सम्बन्धित प्रश्नहरु अतिथिहरुलाई सोधेका थिए ।
‘युवा र उद्यमशिलता बिषयक बहस’ कार्यक्रमको सहजीकरण पत्रकार तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष दुर्गालाल केसीले गरेका थिए ।
त्यसपूर्व ग्रिन फाउन्डेसनका प्रतिनिधि गणेश भण्डारीले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।


