२०८२ कार्तिक २९ गते शनिवार

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

रुपन्देही,साउन २६ । रुपन्देहीमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका-५ मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा नवलपरासी घर भइ हाल तिलोत्तमा १४ बस्दै आएका २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल बिहान पौने ४ बजे मणिग्राममा आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्‍याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *