२०८२ कार्तिक २९ गते शनिवार

बिजौरीमा शनिबार पनि बजार खुल्ने


तुलसीपुर,साउन २३ । बिजौरीमा शनिबार पनि पसल खुल्ने भएका छन ।

बिजौरी उद्योग बाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै भोलि साउन २४ गते देखि कार्तिक १५ गतेसम्म पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ १४ गते हुन लागेको संघको १२ औं बार्सिक साधारणसभालाई भब्य र सभ्य तरिकाले सम्पन्न पार्न विभिन्न उपसमिति गठन गरेको संघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *