२०८३ असार ५ गते शुक्रवार

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बढी सम्पर्कविहीन


काठमाडौं,साउन २३ । भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन्।

कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको हो।

‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढी तथा पहिरोको कारण कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जना भन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ गाउँपालिकाले विज्ञप्तिमार्फत् भनेको छ।

उत्तराखण्डमा क्लाउड ब्रस्ट भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *