दाङ, साउन २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौ राष्टिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् ।
बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुजंग चौधरीसंगको छलफलमा मु्ख्यमन्त्री कँडेलले पटक पटक मिती तोक्ने तर प्रतियोगिता नहुने हुँदा नकारात्मक सन्देश गएको भन्दै अव त्यस्तो गत्ती नदोहोर्याउन आग्रह गरेका हुन ।
‘अव मिती तोक्दा नसर्ने गरि तोक्न हुन मेरो आग्रह छ,’ मुख्यमन्त्री कँडेलले भने ‘दशौ राष्टिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आउनु भएका मन्त्रीलाई यही कुरा भनेको हो ।’
कर्णालीमा खेलकुद गर्ने विषयमा प्रदेशका तर्फवाट प्रतिबद्व रहेको भन्दै उनले त्यही अनुसार तयारी पनि गरिरहेका स्पष्ट पारेका थिए ।
‘आयोजक तपाइहरू हो, अव पनि मिती तोक्दा खेल नहुने हो भने अहिले नै बिचार गरेर मिती तोक्नु होला भनेको छु,’ मुख्यमन्त्री कँडेलले भने ‘मिती तोक्दा संघीय र प्रदेशको जिममेवारीसिहत स्पष्ट तालिका बनाउनपनि आग्रह गरेको छु ।’
मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरी दोहिरन नदिने तर्फ अहिले देखि नै सचेत हुनुपर्ने भन्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गरेका थिए ।
मुख्यमन्त्री कँडेलले खेलकुद मन्त्री संग प्रतियोगिताका लागि भनेर यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी पनि जनाएका थिए ।
‘यहाँ नभएका जनशक्ती मात्रै बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने काम नगर्नु होला,’ मुख्यमन्त्रीले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केही दिन पहिले सुर्खेत आएका बखत सरोकारवालालाई निर्देशन दिएको भन्दै त्यसमा पनि ध्यान दिन मुख्यमन्त्रले दिन खेलकुद मन्त्रीलाई सुझाएका थिए ।
मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्नका लागि प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएको भन्दै प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल गरिएको बताएका थिए ।

