२०८२ कार्तिक २१ गते शुक्रवार

प्रहरीको असइ बताउने युवाको कोठामा चोरीको मोवाइल फेला

दाङ, साउन २१ । घोराहीमा आँफुलाई प्रहरीको असइ बताउने ब्यक्तिको कोठाबाट चोरीको मोवाइल फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि बुधबार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका – १ घर भइ दाङको घोराही – १५ शिव वस्ती टोलमा बस्दै आएका २७ बर्षीय जगत शाही र जुम्ला जिल्लाको हिमा गाउँपालिका – ६ घर भइ घोराही – १५ शिव वस्ती टोलमा बस्दै आएका २९ बर्षीय दिपक अधिकारीलाई मोवाइल चोरीको आरोपमा पक्राउ पछि सार्वजनिक गरेको हो ।

दाङ घोराही उपमहानगरपालिका – १४ शिद्धार्थ टोलकी गीता न्यौंपानेको डेरा कोठाबाट साउन १८ गते बिहान साढे ९ बजेतिर उनको मोवाइल चोरी भएको थियो ।


५६ हजार मूल्य बराबरको मोवाइल चोरी भएकै दिन न्यौपानेले दुई जना युवालाई आफ्नो कोठाबाट निस्कदै गरेको देखेकी थिइन । आफ्नो कोठामा मोबाईल फेला नपरेपछि न्यौपानेले चोरीको आशं गर्दै ती दुई युवालाई सोधपुछ गर्न खोजेकी थिइन ।

त्यतिखेर उनीहरुले आँफुलाई नेपाल प्रहरीको असई रहेको बताएका थिए । उनीहरुले आँफुहरुलाई चोरीको आरोप लगाउने भन्दै उल्टै न्यौंपानेलाई धम्की दिएका थिए ।

दुई मध्य दिपक अधिकारीले आफ्नो मोबाइलमा नेपाल प्रहरीको पोशाक लगाएको अर्कै ब्यक्ति प्रहरी अधिकारी (असईको फुली लगाएको) फोटो समेत देखाउँछन् ।


तर, न्यौंपानेलाई उनीहरुको ब्यबहार शंकाष्पद लाग्छ । उनले केही बेर पछि जिल्ला प्रहरी कार्यालय घोराहीमा फोन सम्पर्क गरि घटना बारे बताउँछिन् । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनासम्म त्यो कुरा पुग्छ । तुरुन्तै प्रहरी घटनास्थल पुग्छ ।

न्यौंपानेको भनाइका आधारमा शाही र अधिकारीको कोठामा प्रहरीले खान तलासी गर्ने क्रममा न्यौंपानेको हराएको मोवाइल उनीहरुकै कोठामा फेला पर्छ । त्यसपछि प्रहरीले उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरु माथि पाँच दिन थुनामा राखेर चोरीको घटना अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *