२०८२ कार्तिक २२ गते शनिवार

सौताको छोराको हत्या गरी फरार महिला २३ वर्षपछि पक्राउ


दाङ,साउन २१ । दाङमा आफ्नै सौताको छोराको हत्या गरी २३ वर्षदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

२०५९ साल असार १९ गते आफ्नै सौताको ९ वर्षीय छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई २०६० साल असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो ।

तर पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार डिएसपी शाहले जानकारी दिए ।

अदालतको फैसलापछि शर्मा फरार भएकी थिइन । शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली जोजतलासका लागि खटिएकोे थियो ।

गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा नयाँ बसपार्कस्थित सडक खण्डमा शर्मालाई हिजो मंगलबार बिहान साढे ८ बजेतिर पक्राउ गरेको डिएसपी शाहले जानकारी दिए ।

शर्मालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *