तुलसीपुर, साउन २० । दाङका दुई स्थानमा मंगलबार बिहान अति बर्षा भएको पाइएको छ ।
बितको २४ घन्टामा दाङको जलकुण्डीमा २३९.२ मिलिमिटर वर्षा भएको छ । २४ घन्टामा २०० मिलिमिटरभन्दा बढी वर्षमा भएमा त्यसलाई अति भारी वर्षा भन्ने गरिन्छ ।
त्यस्तै दाङको अम्बापुरमा पनि १९३.२ मिलिमिटर वर्षा मापन भएको छ ।
दाङ पछि बाँकेको राप्ती सोनारी गाउँपालिका – २ अगैया सिक्टामा २१० . २ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै बाँकेको पश्चिम भाग राप्तीमा १७७.४ र बर्दियाको मानपुर केन्द्रमा पछिल्लो २४ घन्टामा १७४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम बिभाग कार्यालयहरुले रिपोर्ट सार्वजनिक गरेका छन् ।
पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित रहँदा लुम्बिनी प्रदेशका दाङ र बाँके जिल्लास्थित दुई केन्द्रमा अति भारी वर्षा भएको छ।
भारी बर्षाका कारण राप्ती र बबई नदीका साथै अन्य खहरे खोलाहरुमा पनि पानीको बहाब बढेको छ । मौसम बिदहरुले नदी तथा खोला किनारमा बसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।
पानी पर्ने क्रम जारी रहेको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

