तुलसीपुर, साउन २० । पहिरोका कारण तुलसीपुर – कपुरकोट सडक खण्ड अवरुद्ध भएको छ ।
लगातारको बर्षाका कारण सल्यानको कपुरकोट गाउँपालिका – ३ मा बिहान झरेको पहिरोको कारण राप्ती राजमार्ग अन्तरगको दाङ सल्यान सडक खण्ड अवरुद्ध भएको हो ।
पहिरो झरेको स्थान नजिकै एउटा टिप्पर पनि बिग्रिएर थन्किएको छ । जस्ले गर्दा सडक सूचारु गराउन अझैं केही समय लाग्ने भएको छ ।
दाङ र सल्यानको सीमाना क्षेत्र नजिकै झरेको पहिरो पञ्छाउनका लागि जेसिबी पुगिसकेको छ । बर्षा जारी रहेको हुँदा पहिरो पञ्छाउन समस्या भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
गनतब्यमा जान हिडेका सवारी साधन पहिरोका कारण बीचमा रोकिएका छन् ।
प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार

