२०८३ असार २८ गते आइतवार

आँगनमा खेल्दै गरेकी २ बर्षीया सुष्मा कुलोमा खसेपछि बगिन

तुलसीपुर, साउन २० । तुलसीपुरमा आँगनमा खेल्दै गरेका एक जना २ बर्षीया बालिका कुलोमा खसेपछि बगेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १४ गोठुवाका सुरेश बस्नेतकी २ बर्षीया छोरी शुष्मा बस्नेत सोमबार बेलुका घरको आगनमा खेल्ने क्रममा घर नजिकै रहेको गोठुवा कुलामा खसेपछि बगेकी थिइन ।

यो घटना सोमबार बेलुकी साढे ५ बजेतिर भएको थियो । घरको आँगनमा खेल्दै गर्दा कुलोमा बगेकी सुष्माको बेलुकी ६ बजेतिर उद्धार गरिएको थियो ।

त्यसपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । तर, तुलसीपुरमा उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो ।


कोहलपुर अस्पतालमै राति साढे ९ बजे शुष्मालाई चिकित्सकले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले शव पोष्टमार्टमका लागि कोहलपुरमा राखिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *