२०८३ असार २८ गते आइतवार

आज कस्तो छ देशभरको मौसम !


दाङ,साउन १९ । आज कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ ।

मधेशसहित कोशी, लुम्बीनी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवारयता देशका धेरै ठाउँमा पानी परेको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा वर्षा भएको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहट, मकवानपुर, बारा, पाल्पा, गुल्मी, बागलुङ, दाङलगायतका जिल्लामा पनि पानी परेको छ ।

आजराती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।

मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *