२०८३ असार ५ गते शुक्रवार

लाइसेन्स नभएका छोरालाई मोटरसाइकल चलाउन दिएको आरोपमा आमा पक्राउ

तुलसीपुर, साउन १८ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) प्राप्त नगरेका आफ्ना छोरालाई मोटरसाइकल चलाउन दिने आमा पक्राउ परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – १९ बाँसगडीमा कुटिचौर बाट बिजौरी तर्फ आउँदै गरेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकले पैदलयात्री ६५ बर्षीया गौमती रोकालाई शनिबार दिउँसो साढे २ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा पछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तुलसीपुरमा उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो ।

रोकाको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो । ठक्कर दिदा रा. ५ प २६७८ नम्बरको मोटरसाइकल तुलसीपुर – ७ का १६ बर्षीय लक्षमण भुसालले हाँकेका थिए ।

मोटरसाइकलको पछाडि सोही ठाउँका १४ बर्षीय रोहित खनाल सवार थिए । उनीहरु दुबै जना सामान्ने घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

जब मोटरसाइकलको ठक्करबाट घाइते गौतमीको उपचारका क्रममा मृत्यु भयो तब प्रहरीले लक्ष्मण भुसाल बारे थप अनुसन्धान सुरु गर्‍यो । उनको साथमा सवारी चालक अनुमती पत्र (लाइसेन्स) थिएन ।


उनले हाँकेको रा. ५ प २६७८ नम्बरको मोटरसाइकल लक्ष्मण भुसालकी आमा ४२ बर्षीया मिना भुसालको नाममा यातायात ब्यबस्था कार्यालयको दर्ता भएको पाइयो ।


सवारी चालक अनुमति पत्र नभएका छोरा लक्ष्मणलाई मोटरसाइकल चलाउन दिएको आरोपमा प्रहरीले आमा मिनालाई आइतबार बिहान ८ जबेपछि गौमाता रोकाको मृत्यु भएको खबर पछि पक्राउ गरेको थियो ।


आइतबार नै जिल्ला अदालतले घटना अनुसन्धानका लागि लक्ष्मणकी आमा मिनालाई थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ । घरमै बसेकी निर्दोष आमा लाइसेन्स नभएका छोरालाइ मोटरसाइकल चलाउन दिएको आरोपमा पक्राउ परेकी हुन ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *