२०८२ कार्तिक २२ गते शनिवार

किचेनमै कुकले किशोरीको घाँटीमा चक्कु प्रहार गरि हत्या गरे

दाङ, साउन १८ । किचेनमै कुकले किशोरीको घाँटीमा चक्कु प्रहार गरि हत्या गरेका छन् ।


कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको हत्या आरोपमा बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद शनिबार पक्राउ परेका हुन ।

उनीहरु दुबै जना बर्दगोरिया–१ को ‘राजधानी सेकुवा एण्ड मःम सेन्टर’मा काम गर्थे । सेजवाल त्यो होटेलमा १५ दिन दिन पहिले मात्रै काम गर्न थालेकी थिइन । साउद कुक थिए भने सेजुवाल वेटरको काम गर्थिन ।


कुक साउदले शनिबार बिहान सेजुवालमाथि किचेनमै घाँटीमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

१५ दिन पहिले मात्रै होटेलमा काम गर्न आएको भएपनि छोटो अवधिमै सेजवाल र साउदका बीचमा प्रेम बसेको कुरा प्रहरी हिरासतमा रहेका साउदले बयानमा भनेका छन् । श्रीमति संग सम्बन्ध बिच्छेद भइ सकेको हुँदा उनीहरुका बीचमा आपसमा बिवाह गर्ने सल्लाह पनि भएको थियो ।


साउद बिबाहित रहेपनि श्रीमति संग सम्बन्ध बिच्छेद भइ सकेको थियो । साउदका दुई छोरी छन् । छिट्टै साउद संग प्रेममा परेकी सेजवालले अरु केटाहरु संग पनि फोन गर्ने गर्थिन । साउदलाई सेजवालको त्यो बानी मन परेको थिएन ।

सोही कुरामा शनिबार उनीहरुका बीचमा किचेनमै बिबाद भएको थियो । कैलालीका प्रवक्ता प्रहरी डिएसपी राजकुमार सिंहका अनुसार चक्कु प्रहार हुँदा किचेको कोठामा साउद र सेजुवाल मात्रै थिए ।

साउदको चक्कु प्रहारबाट सेजुवाल लडी सकेपछि मात्रै होेटेल साहु रामा शाहीले घटना बारे थाहाँ पाएकी थिइन । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *