२०८३ असार ७ गते आइतवार

जबर्जस्ति करणीको आरोपमा एक किशोर पक्राउ


दाङ,साउन १७ । दाङमा जबर्जस्ति करणीको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबर्जस्ति करणीको प्रयास गरेको आरोपमा १६ वर्षका किशोरलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

गढवा गाउँपालिका–६ का १६ वर्षका शिोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

साउन १५ गते राति करिब ११ बजे तिर घटना भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा नाबालककै संलग्नता रहेकाले मुद्दालाई बालसम्बन्धी ऐन अनुसार अगाडि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *