२०८३ असार २८ गते आइतवार

अनि मानपुरका शशिधर पौडेल कुकुरको किरिया बसे

तुलसीपुर, साउन १५ । तुलसीपुर उपमहानगरपालिका – १७ मानपुर गाँउकाका ५७ बर्षीय शशिधर पौडेल आँफुले ९ बर्षदेखि पाल्दै आएको ‘रमी’ नामक कुकुर मरेको ठहरसहित आफन्त बित्दा जस्तै गरि नौं दिनसम्म ठाडो किरिया बसेका छन् ।


उनले पालेको सानो र सेतो ‘रमी’ नाम गरेको कुकुर ले साउन ६ गते बिहानदेखि घरबाट हराएको थियो । आफ्नो प्यारो कुकुर हराएकै दिन उनले कपाल मुन्डन गरेका थिए । शशिधरका अनुसार उनले नौं दिनसम्म नुन पनि छोडेका थिए ।

नेकपा (एमाले) बाट निर्वाचित तुलसीपुर – १७ का वडासदस्यसमेत रहेका शशिधरका अनुसार २०७३ सालमा उनले ‘रमी’ लाई काठमाडौंबाट किनेर ल्याएका थिए ।

नौं बर्ष पालेको कुकुरलाई शशिधरले आँफु जहाँ जान्थे मोटरसाइकलमा राखेर त्यही लैजान्थे । तुलसीपुर , घोराहीको यात्रा रमीले शशिधरको मोटरसाइकलमा बसेर दर्जनौं पटक गरेको थियो ।

त्यही उनको प्यारो कुकुर ‘रमी’लाई शशिले हराएकै दिन बिहानै पनि मोटरसाइकलमा राखेर बिहानै गाउँ घर घुमाएका थिए ।

त्यसपछि कुकुरलाई घरमै छोडेर उनी एक्लै बनकट्टी पुगेका थिए । शशिधरले संगै नलगेपछि रमी केही बेरमा उनलाई पच्छ्याउँदै पछि लागेको आशंका उनको छ ।

उनी घर फर्किएर आउँदा घरमा आफ्नो प्यारो कुकुर फेला पारेका थिएनन् । उनी कुकुरको खोजीमा गएका थिए ।
साउन १० गतेसम्म खोजी गर्दापनि उनले आफ्नो प्यारो कुकुरलाई फेला पार्न सकेनन् ।


एक्लै देखेर रमीलाई भूसिया कुकुरले लखेटेको, आक्रमण गरेको र घाइते भइ भाग्ने क्रममा स्थानीय नहरमा खसेर बगेर मरेको आशंका गरे । त्यसैले उनले कपाल मुन्डन गरे , ९ दिनसम्म ननु बारे र ठाडो किरिया गरेको बताए ।,


श्शिधरका अनुसार रमी निकै ज्ञानी थियो । गाउँ घर समाजमा कहिलै कसैको केही बिगारेन । रमीकै विश्वासमा उनी घरको ढोकासमेत नलगाइ बाहिर निस्किएका थुप्रै उदाहरणहरु थिए ।
घरमै आयोजित ९औं दिनको श्रद्धाञ्जली कार्यक्रममा शशिधर प्यारो कुकुरलाई सम्झिएर भक्कानीका थिए । यो साउन १४ गते बिहान ८ बजेपछि वडाध्यक्ष थलराज पुरीलेपनि त्यहाँ निम्त्याइएका थिए ।


नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुरीले पनि वडा सदस्य तथा नेकपा एमालेका नेता शशिधरले आफ्नो प्यारो कुकुर प्रति दर्शाएको प्रेमको प्रशंशा गरेका थिए ।

वडाध्यक्ष पुरीले कुकुर इमान्दारी र बफादारीको सबैभन्दा राम्रो उदाहरण मान्न सकिने बताएका थिए । आँफुले पनि शशिधरको घरमा आउँदा धेरै आज्ञाकारी भइ घरको रेखदेख गर्ने गरेको वडाध्यक्ष पुरीले बताएका थिए ।

कार्यक्रममा अन्य बक्ताहरुले पनि कुकुर प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

साउन १४ गते शशिधरले घरमा आसपासका छिमेकी, वडाध्यक्षदेखि आँफु निकटका मानिसहरु बोलाएका थिए ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *