दाङ, साउन १५ । आज साउन १५ गते । नेपाली समाजमा परम्परा अनुसार खीर खाएर मनाइँदै छ।
नेपाली परम्परा अनुसार असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने प्रचलन छ। यो पाली बर्षा कम परेकोले सबै ठाउँमा खेती भइ सकेको छैन ।
अन्यथा यो सिजन भनेको किसान खेती सकेर आराम गरि रहेको समय हो । खेतीपातीको काममा लखतरान परेका किसानलाई खीरले उर्जा अर्थात शक्ति प्रदान गर्ने गर्छ ।
दूध र चामलमा बिभिन्न मरमसलालगायत चीज राखेर खीर तयार पारिन्छ । जो स्वास्थ्यका दृष्टिकोणले पनि उत्तम मानिन्छ ।
मानिसहरु रुची अनुसार चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गर्छन । खास गरि साउन भगवान शिवको महिना गाउने महिनापनि हो ।
शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइ साउन १५ मा खीर खाने प्रचलन प्राचिन कालदेखि चल्दै आएको मानिन्छ ।
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार