२०८३ असार ५ गते शुक्रवार

अनि तरुण र युवा नेताले विपीको शालिकमा माल्यार्पण गरे …

तुलसीपुर, साउन १० । नेपाली काँग्रेसका सस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस साउन ६ गते परेको थियो ।


नेपाली दाङले त्यो दिन दंगीशरण गाउँपालिका – ६ को प्रसडुवाको भानु माध्यामिक बिधालयको प्राङगणमा बृक्षरोपण कार्यक्रम आयोजना गर्‍यो । जिल्ला सभापति शंकरप्रशाद डाँगीको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आथित्यतामा त्यो दिनको कार्यक्रम भएको थियो ।


विपी स्मृति दिवस मनाइ रहँदा तुलसीपुरको विपी चोक हुँदै नेताहरु दंगीशरण तर्फ लागेका थिए । तुलसीपुरको विपी चोकको शालिकमा कसैले मर्यापन गरेनन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण)का अनुसार त्यो दिन बिहान नेताहरुका ब्यस्ता रहेता पनि बेलुकी आइ मार्यापन गर्लान भन्ने सोच काँग्रेसका युवाको थियो ।

तर, बेलुकी पनि कोही नेता विपीको शालिकमा मार्यापन गर्न गएनन् । काँग्रेसका युवाले दुई दिनसम्म नेताहरुको प्रतिक्षा गरे ।


नेताहरु विपी चोक पुग्लान र काँग्रेसका संस्थापक नेता विपीको शालिकमा मार्यापन गर्लान भन्ने अवस्था देखिएन । त्यो कुरा काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलमा आवद्ध केही नेताहरुलाई चित्त बुझेन ।

त्यसैले उनीहरुले आपसमा सल्लाह गरे । ६ गते विपीको ४३ औं स्मृति दिवस भएपनि तुलसीपुर क्षेत्रका काँग्रेस युवाहरु मिलेर साउन १० गते बिहान मात्रै विपीको शालिकमा मार्यापन गरे । विपीको शालिक माथि नेपाली काँग्रेसको झण्डा फहराए । संस्थापक नेता विपी प्रति सम्मान ब्यक्त गरे ।
विपीको शालिकमा मार्यापन तथा काँग्रेसको नयाँ झण्डा फहराउने कार्यक्रमको आयोजक थियो – नेपाल लोकतान्त्रिक खेलकुद संघ तुलसीपुर नगर कार्यसमिति । यो सबै कार्यक्रमको अध्यक्षता नेपाल लोकतान्त्रिक खेलकुद संघ तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष धनराज रोकाले गरेका थिए ।


कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ बाट गत महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबै भन्दा लोकप्रिय मत ल्याउने युवा नेता बिमल रिजाल, नेता सुरेन्द्रबहादुर खड्का, महासमिति सदस्यहरु टीकाराम घर्ती, ऋषिराज लहरे(अरुण), तुलसीपुर उपमहानरपालिका – ८ का पूर्व वडाध्यक्ष बेदबहादुर केसी, नेपाल तरुण दल दाङ जिल्ला कार्यसमिति सदस्य नेत्र गिरी –वशन्त), तरुण दल तुलसीपुर नगर समिति उपाध्यक्ष केशव भुसाल, केशब चौधरी (मिग्मा) लगाएतका नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *