२०८३ असार ५ गते शुक्रवार

भेरी नदीमा टिपरसहित खसेका जेसिबी चालक बिकको शबपनि सुर्खेतमा फेला

दाङ, साउन १०। रुकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जना मध्य रुकुम पूर्वका जेसिबी चालकको शब पनि सुर्खेतमा फेला परेको छ ।


रुकुम पूर्वको सिस्ने गाउँपालिका – ८ स्यालापाखाका जेसिबी चालक २० बर्षीय हरि बिकको शब फेला शुक्रबार फेला परेको थियो ।


भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा फेला परेको बिकको शबको शनिबार बिहान १० बजेतिर उनका बाबुले सनाखत गरेको परेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्टले जानकारी दिए ।

सुर्खेतको भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा शुक्रबार नै दाङ निवासी टिपरका चालक मनिराम चौधरीको शब फेला परेको थियो ।

दुबै जनाको शब घटनास्थलदेखि झन्डै ६० किलोमिटर भन्दा टाढा फेला परेको हो । अझैं टिपरसहित भेरीमा खसेका मध्य रुकुम पश्चिम सानिभेरी गाउँपालिका – ३ का धनविर बराइलीको अवस्था भने अज्ञात छ ।

रुकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरुको खोजी गरिहेका छन् । भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।


साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा तीन जना भेरी नदीमा खसेका थिए ।

टिप्पर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं. १४ को छेपारे तर्फ जाँदै थियो ।
टिपर भने बुधबार बेलकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *