२०८१ चैत्र ९ गते शनिवार

जिल्ला उत्कृष्ट भयो, रिहारको कर्मठ महिला सहकारी

देबीमाया थापा

राजेश खत्री,
दाङ,असार २४ । दाङ देउखुरीको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड जिल्ला उत्कृष्ट भएको छ । लमही नगरपालिका वडा नं. ९ रिहारस्थित यो सहकारी संस्था २०७० साल मंसिर १४ गते आधिकारीक रुपमा दर्ता भएको थियो । एक हजार २५ जना महिला शेर सदस्य रहेको यो सहकारीले १ करोड नगद समुहमा ऋण लगानी गरेको छ ।

सहकारी संस्थाकी संस्थापक अध्यक्ष ७३ बर्षीया देबीमाया थापाले नगद १ करोड र पिकअप, ट्याक्टर तथा विभिन्न कृषि उपकरण गरि सहकारी संग २ करोडको सम्पत्ति रहेको जानकारी दिइन । कर्मठ सामाजिक उद्यमी महिला सहकारीमा सबै शेर सदस्य महिला मात्रै छन् । म्यानेजर हेमनारायण चौधरी र एकजना ट्याक्टरका चालक मात्रै पुरुष कर्मचारी छन् । प्रदेश सरकारले हालसालै यो सहकारीलाई जिल्लाकै उत्कृष्ट सहकारी घोषणा गर्दै १० लाख रुपैंया अनुदान दिएको छ । दाङ जिल्लामा हाल ६ सय २७ वटा सहकारी क्रियासिल रहेका छन् ।

प्रदेश सरकार बाट पाएको अनुदानले सहकारीको लागि पिकअप खरिदका लागि प्रदान गरिएको छ । असार १९ गते मात्रै त्यसमा ११ लाख ६० हजार थपेर नयाँ पिकअप किनेर ल्याएको अध्यक्ष थापाले बताइन । अब नयाँ आएको पिकअपको लागि फेरि अर्कौ एकजना पुरुष चालक तत्कालै खोज्नु पर्ने अवस्था आएको अध्यक्ष थापाले जानकारी दिइन । पिकअपमा एक पटकमा २५ देखि ३० वटा सम्म खसी बोक्न मिल्छ । शेर सदस्यले पालेका खसी संकलन गरेर विक्रि गर्न बजार सम्म लैजान पिकअप ल्याइएको हो ।

प्रदेश सरकारले अनुदानमा प्रदान गरेको पिकअप अब खसी बजारसम्म लैजान र बजारवाट आवश्यक दाना मल विउविजन ल्याउनका लागि प्रयोग गरिने अध्यक्ष थापाले जानकारी दिइन ।

लमही नगरपालिकाको वडा नं. ८, ९ र राजपुर गाउँपालिका वडा नं. ९ राजपुरमा गरि सहकारीका ५४ वटा समुहमा गरि १ हजार २५ शेर सदस्य छन् । त्यसमध्य ६०० जनाले बाख्रा पालन गर्दै आएका छन् । २० जना जत्तिले भैंसी पालेका छन् । ६ जना जतिले गाई पालेका छन् । कतिले कुखुरा पालन गरेका छन् भने कतिले तरकारी खेती गर्दै आएको अध्यक्ष थापाले जानकारी दिइन ।

लमही नगरको वडा नं. ८ र ९ अन्तरगतको रिहार,कोलतारा, तेल्ले, हर्देवा, अमेलिया,बाङ्गेताल, शिवखोला, जलकुण्डी,हात्तीखाल लगाएत राजपुर गाउँपालिका वडा नं. ९ अन्तरगतका गोरुवा र राताकाँस गाउँलाई बाख्रा पालन पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । वरिपरि वन जंगल भएको हुँदा सबैभन्दा धेरैले यहाँ बाख्रा पालन गरेका छन् । एक जना सदस्यले दश वटा माउ बाख्रा पालेकै हुनुपर्ने नियम सहकारीले लगाएको छ । रिहार निवासी ३० बर्षीया एक शेर सदस्य हुमा वलीको घरमा हाल ४८ वटा बाख्रा छन् । उनले सहकारी बाट २ लाख ऋण ल्याएर ३ बर्ष अघिदेखि बाख्रा पाल्न शुरु गरेकी हुन ।

सहकारीले शेर सदस्यहरुलाई डेढ प्रतिसत व्याजदरमा ऋण लगानी गर्दै आएको छ । बाख्रा पालक किसानलाई केही दिन पहिले मात्रै लमही नगरपालिकाले ४ लाख ७० हजारमा खरिद गरेर १० वटा बोयर जातका बोका सहयोग गरेको छ । त्यसवाट पनि खसी बाख्रा पाल्दै आएका किसान थप उत्साहित भएका छन् । महिला स्वाबलम्बि मात्रै बनेका छैनन् उनीहरुको आर्थिक अवस्थामा समेत सुधार आएको छ । सुरुमा मासिक २० रुपैंया जम्मा गरेर सुरु भएको कर्मठ महिला सहकारी संस्थामा आज शेर सदस्यले मासिक १ हजार ५ सयदेखि २ हजार सम्म जम्मा गर्न थालेका छन् ।

मकै रोप्नेदेखि दाना निकाल्ने सबै काम मेसिन वाटै
लमही रातो डाँडास्थित प्रधानमन्त्री परियोजना मकै सुपर जोन कार्यक्रमले समुह भित्रका महिला सदस्यको बारीमा आँफै मकै रोपिदिएको छ । अध्यक्ष थापा सुपुर जोन कार्यक्रमको उपाध्यक्ष समेत हुन । सुजुर जोनवाटै मासिनहरु आएर बारी जोत्ने, मकै रोप्ने, गोड्ने काम गरिदिन्छन् ।

पानी सिंचाईको लागि उस्ले यहाँ एक दर्जन जति स्यालो टिववेल गाडिएको छ । राप्ती नदीको किनार भएको हुँदा थोरै खन्दा पानी सहजै निस्कने हुँदा सजिलो भएको छ । सुपुरजोनले अमेलियामा मात्रै ४ वटा पानी तान्ने मोटरपनि दिएको छ । रिहारमा सोलार बाट चल्ने ३ वटा स्यालो टिववेल र भौका गाउँमा २ वटा गाडिएको छ । मकै सुपर जोनले नै किसानको खेतवारी जोत्नलाई एउटा ठूलो ट्याक्टर, थप २ वटा सानो ट्याक्टर(च्याम्फा), मकै रोप्ने ज्याक प्लान्टर सिंगल ५ वटा र डवल ५ वटा गरि १० वटा, मकै फोक्ने मेसिन ५ वटा,एउटा ठूलो थ्रेसरपनि दिएको छ । बारी जोत्ने,मल छर्ने, मकै रोप्ने, गोड्नेदेखि मकै फोक्ने सम्म सबै काम मेसिन वाटै गरिदै आइएको छ ।

७३ बर्षीया देवीमाया थापाले नेतृत्व गरेको सहकारी जिल्लामा प्रथम भएपछि सबै शेर सदस्य हौसला थपिएको छ ।
अध्यक्ष थापालले अब सहकारीका सदस्यले उत्पादन गरेको मकैका विभिन्न परिकार बनाउने खालको एउटा मिल स्थापना गर्ने सपना बुनेको जानकारी दिइन । मकैको च्याँक्ला, पिठो, आटो र बाख्रा,गाई, भैंसी जस्ता चौपायाको लागि दाना आँफै उत्पादन गर्ने गरि मिल स्थापना गर्नको लागि छलफल भइरहेको उनले बताइन ।

देवीमायाका पतिको निधन भएको २० बर्ष अघि भएको थियो । राजनीतिक रुपमा देवीमाया नेपाली काँग्रेसकी नेतृ हुन । यो भन्दा पहिलो घनश्याम रेग्मी जिल्ला सभापति हुँदा थापा नेपाली काँग्रेस दाङको जिल्ला कार्यसमिति सदस्य थिइन । हाल राष्ट्रियसभाकी सदस्य अनिता देवकोटा महिला संघको जिल्ला अध्यक्ष हुँदा थापा जिल्ला उपाध्यक्ष थिइन । उनको प्रिय नेता भने स्वर्गीय खुमबहादुर खड्का नै रहेको अध्यक्ष थापाले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
  1. Basudeb chaudhary says:

    सारै खुसी लाग्यो उकृट बन्न गयको मा कर्मठ महिला सकारी सस्था लाई बधाई तथा सुभकामना र हामी जस्ता युवा हरुलाई रोजगारिको पनि सिर्जना गरिदिनु भयको मा अझै यस्तै उत्कृष्ट हुँदै कावस र नया नया काम र योजना गर्दै र पर्दै जवस भन्न चाहे ।
    बादुदेब चौधरी हाल मलेसिया
    साथै नया पिकप को ड्राइभर चाहिया मा सम्पर्का गर्नु होला धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *