तुलसीपुर, साउन ९ । राप्ती बबई क्याम्पसले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
तुलसीपुरका अस्पतालहरुमा रगतको कमी भएको सूचनाको आधारमा क्याम्पसले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
क्याम्पसले गरेको रक्तदानमा शिक्षक र बिद्यार्थी गरि २० जनाले रक्तदान गरेका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण), शान्ति नगरका पूर्व वडाध्यक्ष रबि बुढाथोकी, जिवन शर्मा, नरेन्द्र खत्री , यमनाथ पौडेल, प्रर्लाद देवकोटा, दामोदर सापकोटा, अनिल केसी, सिम्रन घर्ती लगाएतले रक्तदान गरेका थिए ।
रगतको अभावले कसैको पनि ज्यान खेर जान नपावस भन्ने उदेश्यका साथ क्याम्पले रक्तदान कार्यक्रम आयोजना गरेको क्याम्पस प्रमुख गणेश पार्धेले बताए ।
क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दाङको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम क्याम्पस प्रमुख पार्धेको अध्यक्षता र रेडक्रसका जिल्ला उपसभापति हरिहर पौडेलेको प्रमुख आथित्यतामा भएको हो ।
कार्यक्रमको सहजीकरण स्नातकोक्तर दृतिय समेष्टरमा अध्यनरत लेखमनी खत्रीले गरेका थिए ।
