दाङ, साउन ९ । दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सल्यानको कुमाख गाउँपालिका – ४ का ७३ वर्षीय कलिभान रानाको उपचारका क्रममा मृत्यु भएको हो ।
सल्यानका प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसीका अनुसार रानाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये १३ जनाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
बिहीबार दिउँसो नेपालगंजबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिम चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी कुमाख –२ बराइज्युला नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका थिए ।
गाडी अनियन्त्रित भई सडकदेखि ४५ मिटर तल खसेको थियो । गाडीमा कुल १४ जना जना सवार थिए ।
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
