२०८३ जेष्ठ ३० गते शनिवार

रोटरी क्लबद्वारा गुरु जजुरमा आधुनिक फिल्टर हस्तान्तरण


शरद रेग्मी तुलसीपुर साउन ७ । रोटरी क्लब अफ तुलसीपुर सिटि र रोटरी क्लब अफ पाटन साउथको साझेदारीमा गुरुजजुर उच्च माविमा पानी शुद्धिकरणको लागि आधुनिक फिल्टर हस्तान्तरण गरेको छ ।

रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सन्दिपन रिजालका अनुसार डिजाष्टर एड मलेसियाको सहयोगमा करिव तिनलाख बढिको सो वाटर प्लान्ट दाङको तुलसीपुरमा रहेको गुरुजजुर सेकेण्डरि स्कुलमा जडान गरिएको थियो ।

पुर्ब डिष्ट्रिकका सचिब दिनेश मानन्धरको प्रमुख आतिथ्यतामा भएको फिल्टर हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानन्धरले सरसफाई र पानिको प्रोजेक्ट संचालन गर्न आफु रोटरि क्लब अफ तुलसीपुर संग सहकार्य गर्न ईच्छुक रहेको बताए ।

सो अबसरमा बोल्दै पुर्ब सचिब मानन्धरले रोटरि क्लबले समाजमा साना साना सकारात्मक सन्देश फैलाउदै समुदायमा खुसि थप्ने कार्य गर्दै आएको बताए ।

उनले रोटरि क्लब अफ तुलसीपुर सिटिले समुदाय स्तरमा धेरै आबश्यकताको आधारमा सहयोगि हातहरु फैलाउन सफल रहेकोमा धन्यवाद समेत ज्ञापन गरे ।

सो अबसरमा क्लबका पुर्ब अध्यक्ष अनुपकुमार श्रेष्ठ,बिधालय ब्यबसाथापन समितिका अध्यक्ष कृष्ण खड्का,प्रिन्सिपल बिष्णुकुमारि केसि,सहायक प्रअ प्रमोद न्यौपाने,रोटरि क्लब अफ पाटनका निबर्तमान अध्यक्ष चेतन देबकोटा,सामाजिक अभियान्ता गोकुल दंगाल लगायतकाले रोटरि क्लबले समाजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए ।

सो अबसरमा गुरु जजुरमा रोट्रयाक्ट र ईन्ट्रयाक्ट क्लब गठन गर्ने तयारी भैरहेको निबर्तमान अध्यक्ष बिनिल केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *