२०८२ कार्तिक २१ गते शुक्रवार

जंगलबाट ल्याएको च्याउ खाँदा ३ बर्षे छोरा बिते , तीन आमा छोरी बिरामी

दाङ, साउन ६ । रुकुम पूर्वमा जंगली च्याउ खाएका मध्य नाबालक छोराको मृत्यु भएको छ भने तीन आमा छोरी गम्भीर बिरामी परेका छन् ।


रुकुम पूर्वको भुमे गाउँपालिका – ५ सेराबाङका ३५ बर्षीया रामकुमारी सुनार उनको ९ बर्षीया छोरी आयुषा बिक, ७ की छोरी भाग्य रेखा बिक र ३ बर्षका छोरा योजन बिकले तीन दिन पहिले जंगलबाट ल्याएको च्याउ खाएका थिए ।

जंगली च्याउ खाएर बिरामी परेका मध्य ३ बर्षीय योजन बिकको मंगलबार दिउँसो सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।


जिल्लाको उपचारबाट उनीहरुको अवस्थामा सुधार नआएपछि लु १ झ ६०६ न को एम्बुलेन्स आमा र उनका सन्तानलाई बाहिर जिल्ला रिफर गरिएको थियो ।

छोराको मृत्यु पछि आमा र ७ बर्षीया छोरी भाग्यरेखाको सल्यानमा पनि उपचार संभव नभएपछि सोही एम्बुलेन्स मार्फत दाङ तर्फ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।


९ बर्षीया आयुषा बिकलाई भने आफन्तले रुकुम पश्चिमा पुर्‍याइ उपचार गरि रहेको प्रहरीले जानकारी दिएको छ ।

च्याउ खाएर बिरामी भएका उनीहरु तीन दिन पछि असार ५ गते मात्रै जिल्ला अस्पताल रुकुमकोटमा उपचारका लागि आएका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *