२०८२ मङ्सिर १ गते सोमवार

सर्पले टोकेर एक किशोरी गम्भिर बिरामी


तुलसीपुर,साउन ६ । दाङको तुलसीपुरमा सर्पले टोकेर एक किशोरी गम्भिर बिरामी परेकी छिन ।

तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोलमा बस्ने आइति जिसीका छोरी १३ वर्षकी बबिता जिसी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा आज मंगलबार विहान ९ बजेतिर नाम नखुलेको सर्पले टोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए।

किशोरीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *