२०८२ कार्तिक २२ गते शनिवार

आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ

तुलसीपुर, साउन ५ । आफ्नै छोरी माथि बलात्कार गरेको आरोपमा घोराहीमा एक जना बाबु पक्राउ परेका छन् ।

असार १७ गते ३९ बर्षीय बाबुले १६ बर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा बाबु पक्राउ परेका हुन ।

जतिखेर ती किशोरीकी आमा रोजगारीको सिलशिलामा भारतमा थिइन । आँफुमाथि बाबुले गरेको अत्याचार बारे छोरीले आमालाई फोन गरि भनेकी थिइन । छोरीले नै आमालाई तुरुन्त घर आउन आग्रह गरेकी थिइन ।

आमा घर फर्किएपछि सबै कुरा छोरी संग बुझेर असार ३ गते जिल्ला प्रहरी कार्यालयमा पुगेर आफ्नै पति बिरुद्ध बलात्कार सम्बन्धि मुद्दा दायर गरेकी थिइन ।


त्यसपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो । पीगितकी बहिनीले बुवाले दिदी माथि जबरजस्ती गरेको प्रत्यक्ष आँफुले देखेको प्रहरी समक्ष बयान गरेकी जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।

त्यसअघि पनि बाबुले छोरीमाथि पटक पटक यौन हिंसा जन्य गतिबिधि गर्दैै आएको पीडितले बताएकी छन् ।
आरोपित बाबुमाथि बलात्कार सम्बन्धि मुद्दा चलाइ सकेको छ ।


जिल्ला अदालतले आइतबार अरोपित बिरुद्ध अनुसन्धान गर्न पहिलो पटक पाँच दिनको म्याद दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *